यूएन मिसनका लागि नेपाली सेनाको टोली दक्षिणी सुडान प्रस्थान

जनता संवाददाता
२०७९ भाद्र ३१ गते, शुक्रबार

काठमाडौं । नेपाली सेनाको श्रीजङ्ग गण (शान्ति सेना)को एसआइबी १२ औं डफ्फाको अन्तिम टोली बिहीवार दक्षिणी सुडानतर्फ प्रस्थान गरेको छ ।

सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड विमानमार्फत संयुक्त राष्ट्रसङ्घीय मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

साथै, उक्त मिसनमा तैनाथ श्रीजङ्ग गण ११ औं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी शिखर जङ्गबहादुर राणाको नेतृत्वमा २२९ नेपाली शान्ति सैनिक आजै स्वदेश फर्किने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते, शुक्रबार


Scroll to Top

Janata Media