रिलिजको एकसाता पहिल्यै मल्टिप्लेक्सले खुलाए ‘प्रेमगीत ३’को अग्रिम टिकट बुकिङ

जनता संवाददाता
२०७९ आश्विन १ गते, शनिबार

काठमाडौं । फिल्म रिलिज हुन सात दिन बाँकी रहँदै नेपाली मल्टिप्लेक्स हलहरुले ‘प्रेमगीत ३’को अग्रिम बुकिङ खुला गरेका छन् ।

क्यूएफएक्स बाहेकका हलहरु एफक्यूब, आईएनआई, सिने द सेफ लगायतले अग्रिम बुकिङ खुलाएका हुन् । क्यूएफएक्स र बिग मुभिजले केही दिनमै नेपाली संस्करणको बुकिङ खुलाउने जनाएका छन् ।

असोज ७ गते नेपालमा ‘प्रेमगीत ३’को नेपाली र हिन्दी संस्करण एकैसाथ प्रदर्शन हुने तयारीमा छन् । यसअघि तेलुगू फिल्म ‘केजीएफ २’को अग्रिम बुकिङ पनि एकसाता रिलिज बाँकी रहँदै खुलाइएको थियो ।

एफक्यूबले ६ शो तथा आईएनआई ल्होत्से र बुटवलस्थित हलमा गरी ६ शो दिएको छ । सिने द सेफले पनि ६ शो दिएको छ ।

प्रकाशित मिति : २०७९ आश्विन १ गते, शनिबार


Scroll to Top

Janata Media