अटो दुर्घटनामा एकको मृत्यु

जनता संवाददाता
२०८१ माघ २९ गते, मंगलवार

काठमाडौं  । रोल्पामा अटो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका २ धरमपानीका इन्द्रबहादुर घर्तीको मंगलबार अटो दुर्घटनामा परी मृत्यु भएको हो ।

रुन्टीगढी गाउँपालिका ४ सुर्पाल बजारबाट २ नम्बर वडाको धरमपानी जाँदै गर्दा कच्ची बाटोमा अटो दुर्घटनामा परेको दुर्घटना स्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय होलेरीका सइ धनबहादुर रानामगरले जानकारी दिए ।

दुर्घटनामा परी अटो चालक रुन्टीगढी गाउँपालिका १ राम्लीका मनराज नेपाली र अटोमा सवार सुनिलस्मृति गाउँपालिका २ का मनबहादुर परियारको घाइते भएका छन् । दुवैको अवस्था समान्य रहेको सइ रानामगरले जानकारी दिए ।

अटोमा चालकसहित ३ जना सवार थिए । कच्ची सडक र बाटोमा खाल्डाखुल्डीका कारण दुर्घटना भएको हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते, मंगलवार


Scroll to Top

Janata Media