सहकारीको माध्यमबाट मुलुकको अर्थतन्त्रको विकास सम्भव छ । – अध्यक्ष कँडेल

जनता संवाददाता
२०७९ आश्विन १ गते, शनिबार

काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीको माध्यमबाट मात्रै मुलुकको समग्र अर्थतन्त्रको विकास सम्भव भएको बताएका छन् ।

शनिबार सूर्यकोट बचत तथा ऋण सहकारी संस्था कोटेश्वर काठमाडौंको १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दैमहासङ्घका अध्यक्ष कँडेलले सो कुरा बताएका हुन् ।

यसैगरी, सहकारी संस्थाका अध्यक्ष रामशरण सुवेदीले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए । सहकारी संस्थाका अध्यक्ष सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा समितिका संयोजक पीताम्बर भण्डारी र ऋण समितिका संयोजक नानिकाजी केसीले आआफ्नो समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका कोष अध्यक्ष दीपक पनेरु, सहकारी संस्थाका कुमार घिमिरे, शिवराम थापा, दिलीप अधिकारी, निसान हुमागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ आश्विन १ गते, शनिबार


Scroll to Top

Janata Media