आयोगद्धारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

जनता संवाददाता
२०७९ आश्विन ६ गते, बिहीबार

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न गराउनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । यसैगरी न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ ।

आयोगले असोज ११ गतेदेखि लागू हुने गरी उनीहरूलाई नियुक्त गरेको हो ।

 

 

 

प्रकाशित मिति : २०७९ आश्विन ६ गते, बिहीबार


Scroll to Top

Janata Media