राप्रपाले युवालाई समेटेर मात्र विकासको खाका बनाउँछ । – अर्जून बोगटी

जनता संवाददाता
२०७९ आश्विन ७ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाको ताजाकोट गाउँपालिकाका अध्यक्ष अर्जून बोगटीले आउँदो निर्वाचनमा सबै युवाहरु लाई समेटेर लैजाने बताएका छन् । देश विकास गर्न युवाहरुको सहभागिता अपरिहार्य रहेको ठहर गरेका छन् ।

अहिलेका ठूला राजनितिक दलहरुले राजनीतिलाई पेशा बनाएको पनि दाबी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिलाई पेसाका रुपमा नलिएर समाज सेवाको रुपमा लिने र आउँदो चुनावमा काम गर्न अबसर पायो भने देश परिवर्तन गर्ने दाबी समेत गरेका छन् ।

देश परिवर्तन गर्ने एकमात्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी भएको अहिले हुम्लामा पनि जागिसकेका बताएका छन् । यस पालीको चुनावमा हुम्लीबासीहरुले राप्रपालाई अमुल्य भोट दिएर जिताउनुपर्ने बताउका छन् ।

प्रकाशित मिति : २०७९ आश्विन ७ गते, शुक्रबार


Scroll to Top

Janata Media