बंगलादेशविरुद्धको खेलमा नेपालको कप्तानमा किरण

जनता संवाददाता
२०७९ आश्विन १० गते, सोमबार

काठमाडौं । किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।

सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए । गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा किरण टिममा थिएनन् ।

अब्दुल्लाह अल्मुताईरीसँग खेलाडीको विवाद भएपछि त्यसमा खेलाडीको समर्थन गर्दा किरण टिममा परेका थिएनन् । हुमागाईँ कार्यवाहक बनेपछि किरण टिममा फर्कँदै कप्तानीमा पुनरागमन गरेका हुन् ।

 

प्रकाशित मिति : २०७९ आश्विन १० गते, सोमबार


Scroll to Top

Janata Media