मकवानपुरमा बस दुर्घटना स् २० जना घाइते

जनता संवाददाता
२०८१ जेष्ठ १८ गते, शुक्रबार

काठमाडौँ । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते हुनुभएको छ । शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना।५ ख ५५१५ न।को यात्रुबाहक बसको अगाडिको पट्टा भाचिदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको हो ।

बस सडकको दाहिने साइडको नालीमा पर्न गई कोल्टे हुँदा बसमा सवार मध्य ११ जना स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने र नौ जनाको उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटना स्थलबाट बस निकाल्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते, शुक्रबार


Scroll to Top

Janata Media