एमालेको सचिवालय बैठक बालकोटमा बस्दै

जनता संवाददाता
२०७९ आश्विन १३ गते, बिहीबार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दिउँसो तीन बजे बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुनसक्ने ज्ञवालीले बताए । प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना छ ।

 

प्रकाशित मिति : २०७९ आश्विन १३ गते, बिहीबार


Scroll to Top

Janata Media