छोराको हत्या गरेर फरार भएका थारु पक्राउ

जनता संवाददाता
२०७९ आश्विन १४ गते, शुक्रबार

काठमाडौं । दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियकारे बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।

सोही दिनदेखि फरार रहेका लौरंगलाई आज बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ आश्विन १४ गते, शुक्रबार


Scroll to Top

Janata Media