नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा शुनिल शर्मासहित थप चार चिकित्सक पक्राउ

जनता संवाददाता
२०८० श्रावण २५ गते, बिहीबार

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०का प्रमुख किरण बज्राचार्यले सांसद डा। सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिए ।

पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेका छन्। सांसद शर्मासहित चार जना काठमाडौं उपत्यकाबाट र एकजना उपत्यका बाहिरबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २०८० श्रावण २५ गते, बिहीबार


Scroll to Top

Janata Media