काठमाडौँ । बडादसैँ २०७९ को आज सातौँ दिन सिमकोटबाट गएको सरकारी टोलीले फूलपाती भित्र्याउने कार्य भएको छ। प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले बिहानभरि पानी परेका कारण केही ढिलो गरी फूलपाती भित्र्याउने कार्य गरेको छ ।
हुम्लामा सरकारी टोलीले धेरै अगाडिदेखि थलहाल्नबाट फूलपाती ल्याउने गर्दै आएको थियो।
सो अवसरमा दुुर्गा भवानीको पूजाआजा गर्नुका साथै सेनाको बराहदल गुल्म रानीबनका नेपाली सेनाबाट सलामी दिनुुका साथै तोप पड्काउने कार्यसमेत भएको थियो।
फूलपाती जिल्ला प्रशासन, सेनाको गुल्म र जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्ममा भित्र्याइएको हो। फूलपाती भित्र्याउने कार्यक्रममा प्रजिअ परियार, प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा, गुल्मपति सुरेन्द्र श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक शंकर धामी, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुुशिला रोकाया भामको सहभागिता थियो।