एमाले प्रवेश गर्न माओवादी केन्द्रीय सदस्य लामाको टोली बालकोट

चक्र दानी
२०७९ आश्विन १७ गते, सोमबार

काठमाडौं । नेकपा एमाले प्रवेश गर्न माओवादी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेतृत्व एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली निवाश बालकोट पुगेको छ।

सबैलाई छक्क पार्दै स्वतन्त्र तर्फबाट २०७४ को निर्वाचनको परिणाम हात पारेका माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गर्न लामासहितका माओवादी नेताहरु बालकोट पुगेका हुन् ।

नेकपा माओवादी केन्द्र भित्र आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा टिकटका लागि हानथाप शुरु भएपछि लामा एमाले प्रवेश गर्न लागेका हुन् ।

एमाले हुम्लाका नेताहरुसँगको लामो छलफल र परामर्श पछि लामा आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पार्टी प्रवेश गर्ने लागेको एमाले स्थायी कमिटी सदस्य तथा हुम्ला ईन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए ।

पाँच दलीय सत्ता गठबन्धन भित्र टिकट कसले हात पार्ने भन्ने चर्काचर्की शुरु भएका बेला माओवादी हुम्लामा राम्रो जनमत भएका नेता लामाको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तत्कालीन नेकपा भित्रको विवादमा समेत एमाले अध्यक्ष ओली निकट रहेका लामा अन्तत निर्वाचनको सम्मुखमा आफ्नो टिमसहित एमाले प्रवेश गर्न लागेका हुन् ।

‘उहाँ (छक्कबहादुर लामा) जिल्ला पार्टी र केन्द्रको सम्पर्कमै हुनुहुन्थ्यो आज औपचारिक पार्टी प्रवेश गर्ने निर्णय भयो’ एमाले केन्द्रीय सदस्य तथा हुम्ला जिल्लाका सह-इन्चर्ज दल फडेराले भने, ‘लामासँगै माओवादीको ठूलो टिमले पार्टी अध्यक्षसामु एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।

लामासँगै माओवादी कर्णाली प्रदेश कमिटी सदस्य तथा नाम्खा गाउँ पालिकाका पुर्व अध्यक्ष विष्णुबहादुर शाही, ताँजकोट गाउँ पालिकाका पुर्व अध्यक्ष बागदल मल्ल, मंगल लामा, धुर्ब कुमार शाहीलगायतका प्रमुख नेताहरु एमाले प्रवेश गर्न लागेका हुन् । दशैंको प्रमुख दिन महाअष्टमी भएकाले अन्य पार्टीका नेता तथा कार्यकर्ता प्रवेशमा उपस्थित हुन नसकेपनि जिल्लाको ठूलो टिमले एमाले प्रवेश गर्न लागेको छक्कबहादुर लामाले बताए।

‘पार्टी प्रवेश गर्नेको संख्या अहिले नै एकिन गर्न सकिदैन्’ लामाले भने अब हुम्लामा एमालेलाई बिजयी गराउने अभियानलाई सफल बनाउन हरेक गाउँ र टोलमा पार्टी प्रवेश अभियान सञ्चालन हुन्छ।’

प्रकाशित मिति : २०७९ आश्विन १७ गते, सोमबार


Scroll to Top

Janata Media