नवलपुरमा जुवा खेलिरहेका ३३ जना पक्राउ

जनता संवाददाता
२०७९ कार्तिक ८ गते, मंगलवार

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा-११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ ।

नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।

जुवा खेलीरहेका स्थानबाट प्रहरीले १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैया नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै सोही स्थानबाट एक जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते, मंगलवार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media