मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी कार्य तीव्र

जनता संवाददाता
२०७९ कार्तिक १२ गते, शनिबार

काठमाडौं  निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्रता दिएको छ। हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्ला बाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ।

त्यसैगरी आयोगले आजदेखि विभिन्न ५७ प्रकारका निर्वाचन सामग्रीहरू मतपेटिकाछेकाबारास्वस्तिक छापलगायतको ढुवानी कार्य आज शुक्रबारबाट ढुवानी सुरु गरेको छ। आजबाट सुदूरपश्चिमकर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो।

अब दुर्गम जिल्लामा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउने जानकारी आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले दि । आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ।

गोरखापत्र दैनिकमा खबर छ

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते, शनिबार


Scroll to Top

Janata Media