रोहितको शानदार इनिङमा नेपालको ऐतिहासिक जित

जनता संवाददाता
२०७९ फाल्गुन ९ गते, मंगलवार

काठमाडौं । कप्तान रोहितकुमार पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि मंगलवार नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्याण्डबाट प्राप्त २ सय १३ रनको लक्ष्य ३५ बल अगावै भेट्टाउन सफल भएको हो ।

यस जितसँगै लनेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ । उता च्याम्प्यिन बनिसकेको स्कटल्याण्ड ३५ खेलबाट २४ मा जित र १० मा पराजित हुँदा ५० अंकका साथ शीर्ष स्थानमा छ ।

त्रिवि मैदानमा सम्पन्न श्रृंखला अन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते, मंगलवार


Scroll to Top

Janata Media