काठमाडौँ । आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछन् ।
छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका हुन् । छठमा सूर्यदेवको उपासना गरिन्छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामका गङ्गासागर, धनुष सागरलगायत नदीरखोला किनार र पोखरीमा बर्तालुहरूले सूर्यलाई अर्घ्य दिएका थिए ।
निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अर्घ्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलाईं ‘सौँझकारक’ पनि भनिन्छ ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले आज बिहानै उदाउँदो सूर्यलाई अरंघ्य दिएका छन् । यससँगै छठको औपचारिक समापन हुँदैछ ।