भ्रष्ट्राचारको कुनै दाग लाग्यो भने मात्र सबै कुरा त्याग्न तयार छु । – बद्री पाण्डे (भिडियोसहित)

जनता संवाददाता
२०७९ कार्तिक १६ गते, बुधबार

कर्णविर सार्की, बाजुरा । नेपाली कांग्रेसका सह महामन्त्री एवम् बाजुरा जिल्लाका प्रतिनिधि सभाका उम्मेद्वार बद्री पाण्डेले भ्रष्ट्राचारको कुनै दाग लाग्यो भने मात्र राजनिति मात्र नभएर सबै कुरा त्याग्न तयार रहेको बताएका छन् । चुनावी प्रचार प्रसारमा बाजरा पुगेका पाण्डेले आफु जति सुकै ठुलो पदमा पुगेपनि भ्रष्ट्राचार कहिल्यै नगर्ने घोषणा गरेका हुन् ।

उनले एमालेका नेता कार्यकर्तालाई केन्द्रित गर्दै तपाईँका उम्मेद्वार र मलाई तुलना गरेर मात्र भोट हाल्न आग्रह गरेका छन् । उनले आफ्नो र आफ्ना प्रतिस्पर्धीको विगत र जिन्दगीलाई हेरेर मात्र भोट गर्न अपिल गरेका छन् । उनले भने, ‘हामी बजारका जाँदा जुत्ता, कपडा किन्नलाई त विचार गरेर किन्छौँ भने हाम्रो जिन्दगी, भाग्यको फैसला गर्ने नेता चुन्न सोच्नु पर्दैन ।’

उनीसँग प्रतिस्पर्धामा नेकपा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री कर्ण थापा छन् । थापा पटक पटक चुनाव जितेर परिक्षण भईसकेका नेता हुन् ।

भिडियो हेर्नुस् :-

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते, बुधबार


Scroll to Top

Janata Media