कर्णाली नदिमा एक व्यक्ति डुबेर बेपत्ता

जनता संवाददाता
२०७९ कार्तिक १७ गते, बिहीबार

कर्णवीर सार्की, बाजुरा । कर्णाली नदिमा दाउरा बनाउन जाँदा काट्ने क्रममा भिडबाट खसेर बाजुराको हिमाली गाउँपालिका वडा नं ६ का अन्दाजी वर्ष ४० का नन्द प्रसाद पाण्डे बेपत्ता भएका छन् ।

उनको खोजिमा बाजुराको हिमाली गाउँपालिका स्थित त्यहाँका स्थानीय र धुलाचौर प्रहरीले खोजि कार्य गरिरहेको धुलाचौर प्रहरी चौकीका ईन्चार्ज चित्र बहादुर मल्लले जानकारी दिए ।

अहिलेसम्म केहिपनि भेटिएको छैन । बेपत्ता पाण्डेसँग उनकी श्रीमती पनि सँगै गएकि थिईन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते, बिहीबार


Scroll to Top

Janata Media