नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल चुनिए

जनता संवाददाता
२०७९ कार्तिक २५ गते, शुक्रबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी युवास्टार रोहित पौडेलले पाएका छन् ।

नेपाल क्रिकेट संघ, क्यानले शुक्रबार पौडेललाई कप्तान नियुक्त गरिएको जानकारी दिएको छ । उनी यसअघि उपकप्तान रहेका थिए ।

तत्कालीन कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका छन् । बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी भएसँगै क्यानले सन्दीपलाई निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते, शुक्रबार


Scroll to Top

Janata Media