
हुम्ला । देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरु भएको छ । यसैबिचमा हुम्लाका विभिन्न मतदान स्थलहरुमा सामान्य ढंगले सुचारु भएको पाईन्छ ।
मतदान स्थलमै पुगेर बुझ्दा मतदाताहरु एकदमै उत्साहित भएको देखिन्छ । पार्टीका कार्यकर्ताहरु आ-आफ्नो समुहमा मत आफ्ना नेताहरुलाई दिन लागिपरेका देखिन्छन् ।
हाम्रा संवाददाता नन्दकृष्ण थापाका अनुसार अहिलेसम्म अधिकांश मतदान स्थलमा १०० भन्दा बढी मत खसिसकेको छ ।
मतदान साँझ ५ बजेसम्म हुनेछ ।