
सल्यान । सल्यानको सल्यानको शिद्धकुमाख गाउँपालिकामा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता हुने भएको छ । गाउँपालिका स्तरिय पाँचौँ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा सहभागिता हुनका लागि गाउँपालिका भित्र रहेका सरकारी तथा आवासिय विद्यालयहरुले यहि फागुन २ गतेसम्म आवदेन दिन सक्ने आयोजक अर्थात गाउँपालिका स्रोतले जनाएको छ । प्रतियोगिता फागुन ७, ८ र ९ गते ३ दिनसम्म सञ्चालन हुने छ । प्रतियोगिता श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको प्राङगणमा हुने छ ।
प्रतियोगितामा भलिबल, कबड्डी र एथ्लेटिक्स अन्तर्गतका खेलहरुको प्रतिस्पर्धा गराईने छ ।
भिडियो: