जनता मिडियाले गर्यो, हुम्लाको अदानचुली गाउँपालिकासँग अन्तरक्रिया

जनता संवाददाता
२०७९ मंसिर ६ गते, मंगलवार

हुम्ला । जनता मिडियाको विशेष अन्तरक्रिया स्थानीय तहसँग अन्तर्गत पहिलो कार्यक्रम सँगै हुम्लाको अदानचुली गाउँपालिकाबाट सुरु भएको छ । जनता मिडियाको आयोजना र अदानचुली गाउँपालिकाको सहकार्यमा अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रम अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यतामा र जनता मिमिडयाका प्रबन्ध निर्देशक चक्र दानीको सभापतित्वमा सञ्चालन गरिएको थियो । कार्यक्रममा अदानचुली गाउँपालिकाका उपाध्यक्ष लगायत सम्पूर्ण कार्यपालिकाका सदस्यहरु र १ देखि ६ सम्मका वडाध्यक्षको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्षले आ-आफ्नो धारणा मन्तव्य मार्फत राखेका थिए । सबै वडाध्यक्षहरुले आफू निर्वाचित भएपछि गरेका कामहरुको विवरण पेस गरि समग्र अदानचुली गाउँपालिकालाई अगाडी बढाउन गर्नुपर्ने योजना तर्जूमाका वियायमा आ-आफ्ना धारणा राखेका थिए । मिडियाले पनि आफूहरुसँग स्वत स्फूर्त रुपमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि एवम् अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले आफूसहित अन्य निर्वाचित टिम केहि यर्ने हुटहुटीका साथ आएको बताए । उनले भने, “हामीहरु विशेषगरी जनतामाझ सुशासन र पारदर्शिता कायम गर्न आएका हौँ । यिनीहरु कायम गरेर ८९ सालभित्र पालिकाका प्रत्येक गाउँ गाउँमा सडकले जोड्छौँ ।”

उनले थपे, “हामी निर्वाचित जनप्रतिनिधिहरु कोहि पनि धन सम्पति कमाउने हिसाबले आएका छैनौँ । मात्र अदानचुलीलाई कसरी विकास गर्ने भन्ने हिसाबले आएका छौँ । कार्यकालभरि सोचे भन्दा धेरै विकास गरेरै छोड्र्छौ ।”

त्यस्तै अन्तमा कार्यक्रमका सभापति एवम् जनता मिडियाका प्रबन्ध निर्देशक चक्र दानीले जनाता मिडियाको यो पहिलो अन्तरक्रिया भएको र यसरी हुम्लाका सात ओटै गाउँपालिकामा यसरी नै अन्तरक्रिया गर्ने बताए ।

 

प्रकाशित मिति : २०७९ मंसिर ६ गते, मंगलवार


Scroll to Top

Janata Media