फिफा विश्वकप : अर्जेन्टिनामाथि साउदी अरेबियाको ऐतिहासिक जित

जनता संवाददाता
२०७९ मंसिर ६ गते, मंगलवार

काठमाडौं । विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो ।

त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते, मंगलवार


Scroll to Top

Janata Media