सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना स्थगित

जनता संवाददाता
२०७९ मंसिर १० गते, शनिबार

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना स्थगित भएको छ।

कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राती एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो।

रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन्।

प्रकाशित मिति : २०७९ मंसिर १० गते, शनिबार