जनता मिडियाले गर्यो, हुम्लाको सर्केगाड गाउँपालिकासँग अन्तरक्रिया

जनता संवाददाता
२०७९ मंसिर २० गते, मंगलवार

हुम्ला । जनता मिडियाले हुम्लाको सर्केगाड गाउँपालिकासँग अन्तरक्रिया गरेको छ । सर्केगाड गाउँपालिकाको कार्यालयमा जनता मिडियाको आयोजना र सर्केगाड गाउँपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनता मिडियाका सञ्चालक चक्र दानीको सभापतित्वमा र सर्केगाड गाउँपालिकाका कार्यवाहक अध्यक्ष दल बहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सोहि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावत, १ देखि ८ सम्मका वडाअध्यक्षहरु, अन्य कार्यपालिकाका सदस्यहरु र गाउँपालिकाका शाखा प्रमुखहरुको पनि उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिकाका कार्यवाहक अध्यक्ष दल बहादुर सिंहले पहिले कार्यकाल चलाएका जनप्रतिनिधिले नै मुहान् धमिलो बनाईसकेका कारण आफुहरुलाई सग्लो बनाउन धेरै नै गाह्रो परिरहेको बताए । उनले भने, ‘हामीले एकदमै काम गर्न खोजिरहेका छौँ तर पहिलेका जनप्रतिनधिहरुले मुहान् धमिलो बनाईसकेका रहेछन् हामीलाई काम गर्न सोचे जस्तो सजिलो छैन ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले सर्केगाड गाउँपालिका मिडियाकर्मी नभएपनि मिडिया मैत्री भएको जिकिर गरेका थिए । उनले भने, ‘हामी गाउँपालिकासँग सम्बन्धित कनै पनि क्रियाकलाप, गतिविधि गोप्य राख्दैनौँ । पारदर्शिताका कुरामा सर्केगाड गाउँपालिका जिल्लाकै एक नं पालिका बनाउने उद्देश्य लिएर लागिरहेका छौँ  र बनाउँछौँ पनि ।’

त्यस्तै कार्यक्रमका अतिथि एवम् १ देखि ८ सम्मका वडा अध्यक्षहरुले पनि आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले निर्वाचित भएदेखि गरेका आफुले कामहरुको विवरण प्रस्तुत गरेका थिए । उनीहरुले समग्रमा मुहान् सफा नभएकाले सफा गर्न धेरै समय लाग्ने भएकाले पनि आफूहरु राजिनामा दिन तयार भएको बताए ।

कार्यक्रममा गाउँपालिकाका सबै शाखाका शाखा प्रमुखहरुले पनि आ-आफ्ना समस्या सहित गरेका कामहरुको विवरण उल्लेख गरेका थिए ।
कार्यक्रमका सभापति एवम् जनता मिडियाका सञ्चालक चक्र दानीले जनता मिडिया अहिले स्थानीय तहसँग जोडिन आएको र पुन केहि विशेष कार्ययोजनाका साथ आउने बताए ।

कार्यक्रममा सहजीकरणको भूमिका जनता मिडिया संवाददाता नन्दकृष्ण थापा र अंगराज परियारले निर्वाह गरेका थिए ।

यस्तै गरी क्रमश हुम्लाका अन्य गाउँपालिकामा पनि अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : २०७९ मंसिर २० गते, मंगलवार


Scroll to Top

Janata Media