काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
राजतन्त्रकालीन पुरानो राष्ट्रिय गान बजाएको विषयमा एमाले युवा संघले जिल्ला प्रहरी कार्यालय धनुषामा प्रसाईंविरुद्ध उजुरी दिएको हो । राष्ट्रिय गानको अपमान गरेको भन्दै प्रसाईंविरूद्ध उजुरी आएको धनुषा प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले बताए ।
हिन्दू सम्राट सेनाले गत २८ कात्तिकमा जनधपुरधाममा आयोजित कार्यक्रममा प्रसाईंको निर्देशननमा पुरानो राष्ट्रियगान ‘श्रीमान गम्भीर नेपाली’ बजाइएको थियो । युवा संघ धनुषा अध्यक्ष रोषणकुमार यादवले प्रसाईंले संविधान उल्लंघन गरेकाले हदैसम्म कैद र जरिवाना हुनुपर्ने बताए ।
प्रहरीले आवश्यक अध्ययनपछि मुद्धा दर्ता गरी छानबिन अघि बढाइने बताएको छ ।







