नेबि. संघ हुम्ला-काठमाडौं सम्पर्क समिति द्धारा बिरामीलाई आर्थिक सहयोग

जनता संवाददाता
२०७९ मंसिर २७ गते, मंगलवार

हुम्ला । नेपाली काङ्ग्रेसको सुविक्ष संस्था तथा निर्धारित संगठन नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समितिले आफ्नो आर्थिक कोषबाट प्यारालाईसेस बिरामी उमापुरी बोहरालाई आर्थिक सहयोग गरेको छ।

हुम्ला जिल्ला सिमिकोट गाउँपालिका वडा न. २ ठेहे घर भएकि ३८ बर्षिया उमापुरी बोहरालाइ प्यारालाइसिसको कारणले काठमाडौंको न्युरो अस्पतालमा मृत्यु संग लडिरहेकि छन । अर्थिक अबस्थाकै कारणले समयमा उपचार गर्न नसकेर झन बिरामी बढदै गएको छ र बोहराले आर्थिक सहयोग गरिदिनका लागि हार गुहार सङ्गै अपिल पनि गरिरहेकि छन । उमापुरीको यो अबस्थालाई आत्मसात गर्दै नेपाल बिद्यार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिले आफ्नो कार्यसमितिको बैंकक बस्दा चिया खाने भनेर छुट्याइएको कोष बाट रु ५००० (पाँच हजार ) सहयोग गरेको छ ।

के सम्पर्क समिति ले हुम्लिका समस्यालाइ सम्बोधन गर्छ ??
हुम्ला बाट काठमाडौंमा आएर कुनै समस्यमा परेका विद्यार्थी मात्र नभई हुम्लाका सम्पुर्ण नागरिकलाई काठमाडौंमा समस्या पर्दा सहज असहज अबस्थामा पनि नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समिति सहयोग तथा समाधान गर्नको लागी संधै अग्रसरमा रहेको नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समितिका अध्यक्ष अंग बहादुर सिंहले बताए ।

अध्यक्ष सिंहका अनुसार हाम्रो गौरव शाली पार्टी नेपाली काङ्ग्रेस हुम्लाले कुनै बेला मोबाइल फोनको धेरै चलन चल्ती नहुदा एउटा सञ्चारको माध्यमको रुपमा काम गर्ने र सक्दो आपतकालीन अबस्थामा सहयोग गर्ने भनी हुम्ला- काठमाडौं सम्पर्क समिति निधारित गरेको छ तसर्थ हुम्लाका कुनै पनि नागरिकलाई काठमाडौंमा समस्या पर्दा सम्पर्क समिति सहयोग गर्न तयारी अबस्थामा रहेको हुम्ला-काठमाडौं सम्पर्क समितिका अध्यक्ष सिंहले बताए ।

कुनै पनि मान्छे समस्यमा पर्दै गर्दा थोरै थोरै रकम जम्मा गर्दै जिवनमा ठुलो लाप लिन सकिन्छ भन्ने हेतुका साथ नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समितिले आफ्नो कोषमा रहेको रु.५०००( पाँच हजार ) मस्तिष्क प्यारालाइसिस पीडित बिरामी उमापुरी बोहरालाई सहयोग गरेको छ । सम्पर्क समितिले अन्य ठाँउबाट पनि आर्थिक संकलन गर्न मद्दत गर्ने भनी अध्यक्ष सिंहले बताएका छन्

प्रकाशित मिति : २०७९ मंसिर २७ गते, मंगलवार


Scroll to Top

Janata Media