बाँस तथा निगालोबाट निर्मित सामग्रीहरूको घट्यो बिक्री

जनता संवाददाता
२०७९ पुष १६ गते, शनिबार

काठमाडौँ । आएका बाँस तथा निगालोबाट निर्मित सामग्रीहरूको बिक्री घट्न थालेको छ ।

दिनप्रतिदिन प्लास्टिकजन्य सामग्री भित्रिएसँगै यस्ता बाँस तथा निगालोबाट निर्मित सामग्रीहरूको बिक्री घट्न थालेको यस सम्बन्धितका व्यवसायी भीमेश्वर नगरपालिका–४ का कृष्णबहादुर विकले दुःखेसो पोखे ।

उनका अनुसार प्लास्टिकजन्य सामग्री भित्रिएसँगै परम्परागतका डोको, डालो, थुन्से, भकारी, नाङ्गोलगायतका सामग्रीको बिक्री घट्न थालेको हो । उहाँले ५० वर्षदेखि यो पेसा अपनाउँदै आएका हुन् । अहिले दिनपरदिन यस्ता सामग्रीको बिस्तारै बिक्री हुन छाडेपछि आर्थिक सङ्कट निम्तिन लागेको छ ।

उनले दुःखेसो पोख्दै भने, पहिले चोयाबाट बन्ने यस्ता सामग्री बुन्न भ्याई नभ्याई हुन्थ्यो । अहिले केही बुनेका सामग्री पनि बिक्री नै हुँदैनन् । बाबुबाजेका पालादेखि धानेको पेसा सङ्कटमा पर्न थालेपछि जीवनयापन कसरी गर्ने भन्नेमा चिन्ताग्रस्त हुन थालिएको छ ।

प्रकाशित मिति : २०७९ पुष १६ गते, शनिबार


Scroll to Top

Janata Media