
चितवन । होटल व्यवसायी महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके निर्वाचित भएका छन् । चितवनको भरतपुरमा बुधबार सम्पन्न १० औँ साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा, प्रशासन ९संगठन० उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलक बहादुर कार्की र देवी गौतम निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश महोत्रा निर्वाचित भएका छन् ।
सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी,तारा प्रसाद आचार्य,जनक बहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्र प्रसाद ढकाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिप कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।