काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
बिहीबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि नेकपा एस तत्काल सरकारमा भने सहभागी हुनेछैन ।
यसअघि स्थायी कमिटी र पाेलिटब्युराे बैठकले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा संसदमा विश्वासको मत लिँदैछन् ।
यसअघि हिजो (बुधबार) दिउँसो प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर विश्वासको मत मागेका थिए । जवाफमा अध्यक्ष नेपालले सचिवालयको बैठकमा यसबारेमा छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए ।