हुम्ला । जनप्रतिनिधिका तर्फबाट हुम्लाको अदानचुली गाउँपालिकाका सम्पूर्ण प्रशासनिक कामकाजहरु ठप्प हुनेगरी तालाबन्दि गरिएको छ । यस लगत्तै नेपाली कांग्रेसले अरु सबै शाखा बन्द गर्ने, स्वास्थ्य शाखा मात्रै किन खोल्ने भन्ने सामान्य रुपमा कुरा उठाएपछि तालाबन्दि नै भएको खबर सञ्चार माध्यममा आएको थियो ।
गाउँपालिका अध्यक्ष सिंहका सल्लाहकार जीवन बुढाले आफूहरुले तालाबन्दि नगरेको र सामान्य रुपमा सल्लाह मात्रै गरेको उनले बताए । उनले भने, ‘हामीले तालाबन्दि गरेका होईनौँ । बरु सामान्य रुपमा कुराकानी गरेका हौँ । सबै समाचार सुनियोजित रुपमा प्रसारण गरिएको छ । यस्तो भ्रामक सूचनाप्रति म लगायत नेपाली कांग्रेसले घोर भ्रात्सना गरेको छ ।’
तर तालाबन्दि नभएर एक किसिमको कुराकानी मात्रै भएको नेपाली कांग्रेस अदानचुली गाउँ कमिटिले जनाएको छ । अदानचुलीमा अझै विवाद कायमै छ । गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण कामकाज बन्द छन् । यसको प्रत्यक्ष असर सर्वसाधारण जनतामा परेको छ ।