यी हुन् पोर्न उद्योगबाट करोडौं कमाउने महिला, कति होला कमाई!!

जनता संवाददाता
२०७९ आश्विन २९ गते, शनिबार

काठमाडौँ । पोर्न स्टारहरू कति धनी हुन्छन् होला ? हाम्रो देशमा यो उद्योग नभएकाले अनुमान लाउन मुस्किल छ । तर पोर्न उद्योग भएका देशमा पोर्न स्टारको कमाइ सुनेर तपाईं छक्क पर्न सक्नुहुन्छ । हुन पनि, पोर्न उद्योग संसारकै ठूला उद्योगमध्ये पर्छ । यसमा वार्षिक १ सय विलियन अमेरीकी डलरको हाराहारीमा लगानी हुन्छ । र, इन्टरनेटको दुनियाँमा सबैभन्दा धेरै पोर्न साइट नै खाेजिने गरेकाे तथ्यले देखाउँछ । त्यसैले यसमा काम गर्नेहरूकाे कमाइ पनि ठूलाे हुने नै भयाे ।

नेपालमा त पाेर्न साइट खाेल्न पनि प्रतिबन्ध छ । तर अमेरिकालगायत पश्चिमी सभ्यता अभ्यास गर्ने धेरै देशमा पोर्न फिल्म सम्माननीय व्यवसाय हो ।

पोर्न उद्योगमा भर्खरै प्रवेश गरेका पुरुषले एउटा दृश्यका लागि एक हजार डलरसम्म पाउने गर्दछन् । तर, सुपरस्टार भइसकेका पुरुषले भने १५ सयदेखि २ हजार डलरभन्दा बढी आम्दानी गर्ने  गरेका छन् । एकभन्दा बढी पुरुषसँगको दृश्यका लागि महिला कलाकारलाई ४ हजार डलरभन्दा बढी पारिश्रमिक दिइन्छ ।

एजेन्सीको सहयोगमा तयार गरिएको यो समग्रीमा हामीले केही पोर्न स्टारको सम्पत्तिबारे जानकारी सेयर गरेका छौँ ।

जेना जेमसन- कुल ३० मिलियन डलर 

अमेरिकी पोर्न स्टार हुन् जेना जेमसन । उनको कूल सम्पत्ति ३० मिलियन डलर छ । यो सबै सम्पत्ति उनले पोर्न फिल्ममा अभिनय गरेरै कमाएकी हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।

टेरा पेटरिक- कुल १५ मिलियन डलर 

टेरा प्याट्रिकले पनि पोर्न फिल्मबाटै १० मिलियन डलरभन्दा बढी रकम कमाएकी छिन् । १० देखि १५ वटा मात्र पोर्न फिल्ममा काम गरेकी टेराले सन् २००८ मै पोर्न फिल्म खेल्न छाडेकी थिइन् । तर, टेराभर्सन नामक कम्पनी खाेलेर उनी आजकल पोर्न फिल्म बनाउँछिन् ।

जेसी जेन- ८ मिलियन डलर 

अमेरिकी पोर्न स्टार जेसी जेनसँग ८ मिलियन डलर सम्पत्ति छ । जेसीले ७५ वटाभन्दा बढी पोर्न फिल्म खेलेकी छन् । पोर्न उद्योगबाट अवकाश लिइसकेकी जेसी सफल पाेर्न स्टारमा गनिन्छिन् । उनले पोर्न फिल्मबाट सम्पत्तिसँगै दर्जनाैँ अवार्ड पनि हात पारेकी थिइन् ।

ब्री अस्लन- ५ मिलियन डलर 

ब्रि ओस्लन अमेरिकी पूर्व पोर्न स्टार हुन् । उनी चर्चित अभिनेता चार्ली सिनकी प्रेमिकाका रूपमा पनि चर्चित थिइन् । उनी सन् २००६ देखि २०११ सम्म एडल्ट फिल्ममा काम गरेकी थिइन् । पाेर्न उद्याेगबाट उनले ५ मिलियन डलर कमाएकी थिइन् ।

जेना हेज- कुल ३.७ मिलियन डलर 

४८ वर्षीया जेना हेजसँग मिलियन डलर सम्पत्ति छ । उनी अमेरिकी हुन् । पोर्न फिल्ममा मात्रै नभएर उनी व्यवसाय, लेखनमा पनि सक्रिय छिन् । उनी संसारकै प्रसिद्ध पोर्न उद्यमीका रूपमा पनि चर्चित छिन् ।

सनी लियाेनी- २. ५ मिलियन

सनी लियोनी अहिले भारतीय अभिनेत्रीका रूपमा चर्चित छिन् । उनी कुनै बेला पोर्न दुनियाँमा कहलिएकी कलाकार हुन् । पोर्न उद्योगबाटै उनले २.५ मिलियन डलर कमाएकी थिइन् । हाल उनी भारतीय चलचित्रमा अभिनय गर्छिन् ।

अन्यमा साशा ग्रेसँग कुल ३ मिलियन डलर, लिजा एनसँग २ मिलियन, आसा अकिरासँग १.५ मिलियन डलर र निकी बेन्जसँग १ मिलियन डलर सम्पत्ति छ ।

प्रकाशित मिति : २०७९ आश्विन २९ गते, शनिबार


Scroll to Top

Janata Media