काठमाडौं जिल्ला अदालतमा तारिख बोक्न जाँदै सन्दीप

जनता संवाददाता
२०७९ पुष २९ गते, शुक्रबार

काठमाडौँ । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने तारिख बोक्न जिल्ला अदालत जाने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनले २० लाख धरौटीमा छोड्न आदेश दिएपछि उनी जिल्ला अदालत काठमाडौं जान लागेका हुन्।

बिहीबारै सन्दीपका दाजु मोहनलाल २० लाख धरौटी बुझाएर उच्च अदालत पाटनबाट कागजपत्र लिएर केन्द्रीय कारागार गएका छन् । त्यहाँबाट उनी छुटेर जिल्ला अदालत अदालतमा तारिख लिन जाने उनका एक वकिलले बताए।

प्रकाशित मिति : २०७९ पुष २९ गते, शुक्रबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media