आज बस्ने भनिएको कर्णाली प्रदेशसभा बैठक स्थगित

जनता संवाददाता
२०७९ माघ २ गते, सोमबार

सुर्खेत । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

आइतबार पोखरामा विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिको शोकमा सरकारले आज बिदा दिएका कारण प्रदेशसभाको बैठक पनि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा उपसभामुख चयन गर्ने कार्यतालिका रहेको थियो । सचिवालयले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम माघ ३ गते मंगलबार दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको उल्लेख छ ।

प्रकाशित मिति : २०७९ माघ २ गते, सोमबार


Scroll to Top

Janata Media