मोटर साइकल चालकको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र २४ गते, सोमबार

काठमाडौं । पूर्व पश्चिम राजमार्गको रत्ननगर नगर पालिकाको शान्ति चोकमा सोमवार बिहान भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान २:१० बजेको समयमा भएको सो दुर्घटनामा मृत्यु हुनेमा मोटर साइकल चालक रत्ननगर नगर पालिका बडा नम्बर १५ निवासी ३४ वर्षीय जीवन मग्राती रहेका छन् ।

वीरगन्जबाट कुखुराको दाना लिएर भरतपुर तर्फ आई रहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गई रहेको बागमती प्रदेश ०६-००३प ४८५१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै बकुलर अस्पताल पुर्‍याएका मगरातीको उहीँ बेला चिकित्सकहरूले मृत्यु घोषणा गरेका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

कन्टेनर र त्यसका चालक बारा गढीमाई नपा ५ बस्ने वर्ष ३६ को श्याम सुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते, सोमबार


Scroll to Top

Janata Media