सल्यान । सल्यानको केन्द्रिय बजारमा रहेको शारदा नगरपालिकाले गत मंसिर २६ गते श्रीनगर बजारको बसपार्क क्षेत्रमा रहेका निजि तथा ऐलानी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको थियो । त्यो ३५ दिनको म्याद सकिए लगत्तै फेरी माघ १ गते ३ दिनको म्याद थपेर हटाउन निर्देशन जारी गरेको थियो ।
यो दुईओटा सूचनाको म्याद सकिए लगत्तै त्यस बजार क्षेत्र भित्र रहेका घर तथा टहराहरु हटाउन डोजर लिएर नगर प्रमुख प्रकाश भण्डारीको नेतृत्वमा नगर पालिकाको टोलि बसपार्क तिर लाग्यो । भण्डारी आफैँ अवैध संरचना हटाउन नगर प्रमुख आफैँ खटिए ।
अवैध घर तथा टहरा हटाउन स्थानीयले खासै असहयोग नगरेका र बसपार्क क्षेत्र व्यवस्थित बनाउन स्थानीयहरु आफैँ जुटेको नगर प्रमुख भण्डारीले बताए । उनले भने, ‘खासै स्थानीयको असहयोग छैन । केहि साथीहरुको बिमति त भै नै हाल्छ । यसरी अवैध घर र टहरा हटाईरहँदा खान बस्न समस्या भएका नागरिकलाई खान र बस्नको व्यवस्था गरेका छौँ ।’
https://youtu.be/o4yJtDfKTeY