
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।
वास प्राविधिक र सामाजिक परिचालक पदको परीक्षामा पक्षपात भएको भन्दै तालाबन्दी गरिएको पालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीले जानकारी दिए ।
उपाध्यक्ष कार्कीका अनुसार नतिजा रद्ध गरेसँगै तत्कालका लागि परीक्षा स्थगित गरिएको छ । ताला पनि खोलिएको छ ।
पालिकाले यसअघि विज्ञापन खुला गर्दै प्रारम्भिक चरणको परीक्षा लिएको थियो । सो परीक्षामा छनोट भएका १२ उमेदवारको नामावली मंगलबार सार्वजनिक गरिएको थियो ।
परिणाम थाहा पाएपछि पक्षपात भएको भन्दै छनोट नभएका उम्मेद्वार र स्थानीयले विरोध गरेका थिए ।