भुकम्प आउँछ भन्दै रातभरि घर बाहिर नागरिक

जनता संवाददाता
२०७९ माघ १६ गते, सोमबार

कर्णाली । भुकम्प आउने भन्दै आज रातभर कर्णालीका हुम्ला, मुगु र सुदुर पश्चिमको बाजुराका अधिकांश ठाउँहरुमा मानिसहरु घर बाहिर निस्केका छन् । उनीहरु यो कठ्याङ्ग्रिदो जाडोकम गलत हल्लाका पछि लागेर घर बाहिर निस्केका हुन् ।

यसरी कसरी गलत अफवाह कसरी फैलियो कसैले पनि भन्न सकेका छैनन् ।

राट्रिय भुकम्प मापन केन्द्रका अनुसार यसरी कुनै पनि पूर्व सूचना बेगर गलत अफवाहका कारण रातभरि बस्नु गलत भएको तर भुकम्प जस्ता विपत्ति आउँछ नै भनेर भन्न नसकिने भएको सजकता अपनाउन आग्रह गरेको छ ।केन्द्रले नेपाल सरकारका आधिकारिक सञ्चार माध्यम रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन लगातका माध्यममा आएको सूचना मात्रै सत्य मान्न् आग्रह समेत गरेको छ ।

अहिले त्यस आसपास क्षेत्रका मानिसहरु बाहिर आगो तात्दै बसिरहेका छन् ।

प्रकाशित मिति : २०७९ माघ १६ गते, सोमबार


Scroll to Top

Janata Media