विश्वकप लिग–२ :दोस्रो चरणको ‘कोर क्याम्प’ मा २५ खेलाडी

जनता संवाददाता
२०८२ बैशाख २१ गते, आईतवार

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि दोस्रो चरणको ‘कोर क्याम्प’ का लागि २५ खेलाडी छनोट गरेको छ ।

क्यानले दुई सात अघि सुरु गरेको प्रशिक्षण क्याम्पमा रहेका ५२ खेलाडीबाट २५ खेलाडी छनोट गरेको हो । क्यानले यसअघि ५२ खेलाडीलाई निलो, हरियो, रातो र पहेँलो गरि चार समूहमा विभाजन गर्दै ‘कोर क्याम्प’ सञ्चालन गरेको थियो ।

मुख्य प्रशिक्षक स्टुअर्ट लले खेलाडीको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन् । बन्द प्रशिक्षणबाट सिनियर खेलाडीहरु कुशल मल्ल, विवेककुमार यादव, सागर ढकाल, सन्दीप जोरा, देव खनाललगायत बाहिरिएका छन् । नेपालले विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण र केही अभ्यास खल खेल्नेछ ।

दोस्रो चरणको ‘कोर क्याम्प’ मा पर्ने खेलाडीहरुमा रोहितकुमार पौडेल (कप्तान), गुलसन झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, दिलिप नाथ, प्रतिश जिसी, अर्जुन साउद, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, युवराज खत्री, रिजन ढकाल, अकाश चन्द, रुपेशकुमार सिंह र किरण ठगुन्ना हुन् ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते, आईतवार


Scroll to Top

Janata Media