म जेल परेपनि राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छ – रवि लामिछाने

जनता संवाददाता
२०७९ माघ २२ गते, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जेल गएपनि पार्टी अघि बढ्ने बताएका छन् । पासपोर्टको विषयमा आफूबाट कमजोरी भएको स्वीकार गरेका उनले आफूले कुनै दुरुपयोग भने नगरेको बताए ।

आइतबारको पत्रकार सम्मेलनमा उनले आफूले यही विषयमा जेल जान परेपनि पार्टीभने अघि बढ्ने र पाँच वर्षपछि रास्वपाले नै सरकार बनाउने बताए ।

‘म जेल जान परेपनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ’, उनले भने, ‘म बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ । यो बेथितिबाट वाक्क दिक्क भएको बेलामा हामी सरकारमा गएका हौँ । ’ उनले आफूहरु फोहोर सफा गर्नकै लागि सरकारमा गएको पनि बताए ।

 

प्रकाशित मिति : २०७९ माघ २२ गते, आईतवार


Scroll to Top

Janata Media