जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’

जनता संवाददाता
२०८२ असार २ गते, सोमबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी दिएका छन् ।

मन्त्री खड्काले आज उनिलाई १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् तथा १२६ मेघावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी गराएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

निर्माणाधीन सबै आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा राष्ट्रपतिले जोड दिएका थिए ।

प्रकाशित मिति : २०८२ असार २ गते, सोमबार


Scroll to Top

Janata Media