गोकर्णेश्वर नगरपालिकाले मायाको चिनोमा खर्च नगर्ने

जनता संवाददाता
२०७९ माघ २२ गते, आईतवार

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मायाको चिनो वितरणमा खर्च नगर्ने भएको छ ।

आइतबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले एक सूचना जारी गर्दै अनावश्यक खर्च कटौती गर्ने नीति अनुरुप नगरपालिकाको बजेटबाट सञ्चालन हुने, नगरपालिकासँग सम्झौता गरेर सञ्चालन हुने कुनै पनि कार्यक्रममा मायाको चिनो सम्बन्धी खर्च नगर्न निर्देशन दिएका छन् ।

सूचनामा भनिएको छ ‘कार्यक्रम फछ्र्यौट गर्दा मायाको चिनो सम्बन्धी बिल समावेश गरिएको पाइएमा कार्यक्रम फछ्र्यौट हुँदैन ।’

हेर्नुहोस् सूचना:

प्रकाशित मिति : २०७९ माघ २२ गते, आईतवार


Scroll to Top

Janata Media