नन्द कुमार सिंह, हुम्ला । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
आइतबार विहान ११ वजे हेल्दुङ्ग विधुत वितरण केन्द्रद्धारा वितरित लाइनको तार सटभई आगलागि हुँदा सोही ठाउँका दिपक सिंह र काले सिंहका घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने अन्य दुई घर आंसिक रुपमा जलेर नष्ठ भएको स्थानीय मन्दिर सिंहले जानकारी दिए ।
उनका अनुसार घरमा आगलागि भए लगतै डाँडाफयाका स्थानीयले करीव तीन घण्टासम्मको पर्यासमा आगो नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणमा लगेको केही समयपछि मात्रै धारापोरी प्रहरीचौकीको टोलि पुगेर प्रहरी मुचुल्का उठाएको स्थानीय सिंहले बताए ।
प्रहरीको मुचुल्का अनुसार आगलागिबाट ८२ लाख ९५ हजार ३ सय ५० रुपैयाँ बराबर धनमालको क्षेती भएको प्रहरी निरिक्षेक गिता प्रसाद चौधरीले बताए । जसमा दिपक सिंहको २९ लाख ४२ हजार १ सय, काले सिंहको २४ लाख ८३ हजार, छक्क सिंहको १६ लाख ८४ हजार ५ सय र शक्ति सिंहको ११ लाख ८५ हजार ७ सय ५० रुपैयाँ धनमालको क्षेती भएको प्रहरीले जनाएको छ ।
उक्त घरमा आगलागि भएपछि आइतबार नै सिमकोट गाउँपालिकाले राहत स्वरुप पाल, कम्मल, भाडा र खाद्यान्नको तयारी गरिरहेको गाउँपालिका कार्यबाहक अध्यक्ष नन्द रावतले जानकारी दिए ।







