जसपाकी सांसद सहनाज रहमानको निधन

जनता संवाददाता
२०७९ फाल्गुन १३ गते, शनिबार

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको नेतृ एवम् प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएको छ ।

भक्तपुरको ध्याम्पे डाँडामा बनभोज गएकी सांसद रहमानलाई एक्कासी ह्रदयघात भएको थियो ।

ह्रदयघात भए लगत्तै मध्यपुर ठिमी अस्पताल पुर्याइएकी उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

झापा घर भएकी रहमान ६२ वर्षकी थिइन् । उनको शव ३ःः३० बजे पार्टी केन्द्रीय कार्यालयमा राख्ने र श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते, शनिबार


Scroll to Top

Janata Media