त्रिभुवन विश्वविद्यालय अन्तर्गत क्याम्पसमा पुस १७ गतेदेखि हिउँदे बिदा

जनता संवाददाता
२०७९ पुष ७ गते, बिहीबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विभाग र क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीवार सूचना प्रकाशित गर्दै आ–आफ्नो अनुकूलता हेरी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म बिदा दिन सकिने जनाएका छन् ।

कार्यकारी परिषद्को पुस ३ गते बसेको बैठकले बिदा सम्बन्धी निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २०७९ पुष ७ गते, बिहीबार


Scroll to Top

Janata Media