दुई हजार किलो सुपारीसहित चौधरी पक्राउ

जनता संवाददाता
२०७९ फाल्गुन १९ गते, शुक्रबार

काठमाडौँ । अवैध सुपारी बोकेको गाडीसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । मङ्गलवार २ बजे इलाका प्रहरी कार्यालय

काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका वडा नं ६ मा दुई हजार किलो सुपारीसहित झापा दमक नगरपालिका वडा नं १ बस्ने वर्ष २८ को मुकेश चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

अवैध सुपारी बोकेको प्र.१.०२.००२ च ५४३२ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरी पठाइएको रिजालले बताए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते, शुक्रबार


Scroll to Top

Janata Media