माओवादी कांग्रेसको ढोक्सामा नपरेको उपाध्यक्ष महराको दाबी

जनता संवाददाता
२०७९ फाल्गुन २० गते, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा नपरेको बताएका छन् ।

उनले संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न माओवादी केन्द्रले कांग्रेससँग सहकार्य गरेको बताए ।

उनले भने, ‘राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पूरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ।’

उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा बोल्‍दै उनले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते, शनिबार


Scroll to Top

Janata Media