क्रिकेट प्रशिक्षक मोन्टि देशाईको तलब २० प्रतिशतले बढ्ने

जनता संवाददाता
२०७९ चैत्र ९ गते, बिहीबार

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाईको तलब बढ्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ओडिआई मान्यतालाई निरन्तरता दिएपछि सम्झौता अनुसार तलब बढाउने भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदसँग अन्तर्वार्ताको क्रममा उक्त कुरा बताएका छन् ।

‘शीर्ष तीनमा पुग्छौं भन्नेमा मैले कल्पना गरेको थिएन । हामी नामिबियामा हुने प्लेअफबाट फेरि जिम्बावेको टिकट लिन्छौं भन्ने कुराहरु हुन्थ्यो । ओडिआई मान्यता ७५ प्रतिशत जितेर लिन सक्छौं भन्ने थियो । ओडिआई बचाए मोन्टिको तलब बढाउने सम्झौता थियो । लिग-२ बाट होस् वा प्लेअफबाट हामीले स्पष्ट भनका भने थिएनौं । तर ओडिआई बचाए तलब बढाउने सम्झौतानै गरेका थियौं । १०र१२ दिनको अभ्यासपछि मोन्टिले ओडिआई बचाउन सक्छु भन्ने आश्वासन दिएका थिए’, चन्दले हाम्रो खेलकुदसँग भने ।

त्यसैमा उनले थपे, ‘कोचले आशा दियो । खेलाडीहरुको एकता । सन्दीप लामिछानेको आगमनले त्यो हुँदा अव नेपाली क्रिकेट अव ठिक ठाउँमा आउँछ भन्ने भित्री मनबाट लागेको थियो । सोझै विश्वकप छनोटमा जान्छौं भनेर कसैले सोचेको थिएन ।’

मोन्टिले यसअघि सबै खर्च र कर काटेर मासिक १० हजार डलर पाउँथे । अव उनको दुई हजार डलर बढ्ने क्यानले जनाएको छ । अव मोन्टिले सबै खर्च कटाएर मासिक १२ हजार डलर ९झन्डै १६ लाख नेपाली रुपैयाँ० प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २०७९ चैत्र ९ गते, बिहीबार


Scroll to Top

Janata Media