उद्घाटनसँगै अदानचुलीमा व्यक्तिगत घटना दर्ता सप्ताह प्रारम्भ

जनता संवाददाता
२०८० बैशाख २ गते, शनिबार

हुम्ला । हुम्लामा व्यक्तिगत घटनालाई व्यवस्थित ढंगले संचालन गर्नका लागि घटना दर्ता सप्ताह उत्घाटन गरिएको छ । २०८० सालको पहिलो दिनबाटै अदानचुली गाउँपालिकामा व्यक्तिगत घटना दर्ताका लागी सप्ताह प्रारम्भ गरिएको हो ।

उद्घाटन कार्यक्रममा सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, बिषयगत शाखा प्रमुख, बिभिन्न राजनितिक दलका प्रतिनिधि, लगाएतको उपस्थिति रहेको थियो ।व्यक्तिगत घटना दर्ता सप्ताह १ गते देखि ७ गते सम्म सम्पुर्ण वडामा संचालन हुने पञ्जिकरण शाखाले जानकारी दिएको छ ।

गाउँपालिकाको व्यक्तिको कानुनी पहिचानको स्थापना गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्रवाह हुने सेवाको प्राप्तीका लागि लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकाले सो सम्बन्धी जनचेतना अभिवृद्धी गर्न व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिरहेको पञ्जिकरण शाखाले जानकारी दिएको छ ।

२०८० बैशाख १ देखि ७ गते सम्म देशै भरी व्यक्तिगत घटना दर्ता सप्ताह संचालन हुने हुँदा अदानचुली गाउँपालिकाका सम्पुर्ण वडाहरुमा समेत व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने बिभिन्न सेवा प्राप्तीका लागि जन्म,मृत्यु,बसाइसराई,विवाह,सम्बन्ध विच्छेद दर्ता जस्ता व्यक्तिगत घटना दर्ता गर्न छुट्न गएका सम्पुर्ण सेवाग्राहीहरुलाई तोकिएको समयमा आफ्नो वडा कार्यालयमा अनिवार्य घटना दर्ता गर्नु गराउन हुन गाउँपालिकाका नि।प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले बताए । साथै योग्यता पुगेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागी विवरण दर्ता गराउन वडाका लाभग्राहीहरुलाई जानकारी गराईदिन अनुरोध समेत गरे।

व्यक्तिगत घटना दर्ता नियमित प्रक्रिया भएको हुदा घटना दर्ता समयमै दर्ता गर्नु पर्ने गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले बताए । उनले व्यक्तिगत घटनालाई व्यवस्थित गर्नको लागी कर्मचारीलाई निर्देशन समेत दिए। यस सप्ताहबाट व्यक्तिगत घटना दर्ता छुट्न गएका लाभग्राहीहरुलाई आफ्नो वडा कार्यालय गई सेवा लिन अनुरोध समेत गरे।

सम्पुर्ण वडा अध्यक्षहरुले अब व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षालाई व्यवस्थित गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०८० बैशाख २ गते, शनिबार


Scroll to Top

Janata Media